अधिकांश स्थानमा वर्षाको सम्भावना : मौसमविद्

काठमाडौं : आगामी तीन दिनसम्म देशभरि नै बदली रही अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका मौसमविद् मञ्जु बासीका अनुसार न्यून चापीय रेखा र बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावा तथा स्थानीय वायुको प्रभावले बदलीसँगै हल्कादेखि मध्यम वर्षा गराउनेछ ।

उक्त प्रणली क्रमशः विकसित भई आगामी शनिबारसम्म कायम रहनेछ । काठमाडौं उपत्यकामा आज दिउँसो केहीबेर मौसम खुला भई घाम लाग्नेछ र अन्य स्थानमा भने तत्काल मौसम सफा हुने अवस्था नरहेको मौसमविद् बासीले जानकारी दिनुभयो ।


प्रकाशित | २२ चैत्र २०७५, शुक्रबार ०६:५८