एमाले अध्यक्ष ओलीद्धारा घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई पनि ६ महिना निलम्बन

काठमाडौं । नेकपा एमालेले नेताहरु घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई पनि ६ महिनाका लागि निलम्बन गरेको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले भुसाल र पाण्डे दुवैलाई ६ महिना निलम्बन गर्नुभएको हो ।

उनीहरुले स्पष्टीकरणमा सोधिएअनुसार आफ्नो भूलत्रुटी स्वीकार नगरेको, कुनै आत्मसमीक्षा नगरेको आत्मआलोचना गर्ने प्रवृत्ति नदेखिएको, अहंकार र स्वार्थी प्रवृत्ति प्रष्ट रुपमा देखिएकाले कारवाही गरिएको उल्लेख गरिएको छ ।

अध्यक्ष ओलीले पार्टीको विधान विपरीत गतिविधी गरेको भन्दै यसअघि नै वरिष्ठ नेता माधव कुमार नेपाल र भीम रावललाई ६ महिनाको लागि लिलम्बन गरिसक्नु भएको छ ।


प्रकाशित | १९ चैत्र २०७७, बिहीबार १९:४७