सात किलो सुन ल्याउनेलाई १७ करोडको माग दाबी

काठमाडौं: राजश्व अनुसन्धान विभागले चोरी पैठारी गरी सात किलो सुन ल्याउने शेर ग्याल्चो घलेलाई १७ करोड ७९ लाख बिगो कायम गर्दै जिल्ला अदालत रसुवामा मुद्दा दर्ता गरेको छ । यो समाचार आजको नागरिक दैनिकमा छ । विभागले मंगलबार रसुवा नौकुण्ड गाउँपालिका–१ रसुवाका ३० वर्षे शेर ग्याल्चो घलेलाई मुद्दा दर्ता गरेको हो । घलेले चोरी पैठारी गरी ल्याएको सात किलो सुन र भन्सार तिर्नुपर्ने रकम गरी १७ करोड ७९ लाख ४० हजार रुपैयाँ माग दाबी गरी मुद्दा दर्ता गरिएको हो ।


प्रकाशित | ८ जेष्ठ २०७६, बुधबार ०८:१३