एनआरएनए चीनको आयोजनामा रक्तदान कार्यक्रम हुँदै, सहभागिताको लागि आह्वान

काठमाडौं । गैर आवासीय नेपाली संघ चीनको आयोजनामा आगामी चैत्र २३ गते सोमबार अर्थात ५ तारिखमा रक्तदान कार्यक्रम आयोजना हुने भएको छ । संघको काठमाडौंस्थित केन्द्रीय सचिवालय बालुवाटारमा रक्तदान कार्यक्रम आयोजना गर्न लागिएको हो ।

एनआरएनए चीनका अध्यक्ष प्रदिप न्यौपानेका अनुसार रक्तदान दिउँसो १२ बजेदेखि ४ बजेसम्म आयोजना हुनेछ । अध्यक्ष न्यौपानेले कार्यक्रममा सहभागि भई रक्तदान गरिदिन सबैमा आग्रह समेत गर्नुभएको छ ।


प्रकाशित | १९ चैत्र २०७७, बिहीबार ०९:११