५८२ पालिकाको नतिजा सार्वजनिक: कांग्रेस पहिलो र एमाले दोस्रो

काठमाडौं : स्थानीय तह निर्वाचन अन्तर्गत अहिलेसम्म ५८२ पालिकाको नतिजा सार्वजनिक भएको छ । निर्वाचन आयोगका अनुसार नेपाली कांग्रेसले ८७ नगरपालिका प्रमुख पद जितेको छ भने ४२ पालिकामा अग्रता लिएको छ ।

यस्तै नेकपा (एमाले) ले ५५ पालिकामा प्रमुख पद जितेको छ भने २३ पालिकामा अग्रता लिएको छ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले १६ पालिकामा प्रमुख पद जितेको छ भने १० पालिकामा अग्रता लिएको छ ।

यस्तै नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले ६ पालिकामा प्रमुख पद जितेको छ । पाँच पालिकामा अग्रता कायम गरेको छ । यस्तै अन्य पार्टीले १४ पालिकामा प्रमुख पद जितेका छन् भने २१ पालिकामा अग्रता बनाएका छन् ।

एमालेले १०९ पालिकामा अध्यक्ष पद जितेको छ भने १४ पालिकामा अग्रता लिएको छ । माओवादी केन्द्रले ८९ पालिकामा अध्यक्ष पद जितेको छ भने छ वटा पालिकामा अग्रता लिएको छ ।

जनता समाजवादी पार्टी ९जसपा०ले १५ पालिकामा अध्यक्ष पद जितेको छ भने पाँच पालिकामा अग्रता लिएको छ । यस्तै अन्य पार्टीले १२ पालिकामा अध्यक्ष पद जितेका छन् भने पाँच पालिकामा अग्रता लिएका छन् ।

यस्तै कांगेसले ६७ पालिकामा उपप्रमुख पद जितेको छ भने ३४ पालिकामा अग्रता लिएको छ । यस्तै एमालेले ६७ पालिकामा उपप्रमुख पद जितेको छ भने ४४ पालिकामा अग्रता लिएको छ । माओवादी केन्द्रले २७ पालिकामा उपप्रमुख पद जितेको छ भने सात पालिकामा अग्रता लिएको छ । एकीकृत समाजवादीले छ पालिकामा उपप्रमुख पद जितेको छ भने तीन पालिकामा अग्रता लिएको छ । अन्यले १० पालिकामा उपप्रमुख पद जितेका छन् भने १२ पालिकामा अग्रता लिएका छन् ।

यस्तै कांग्रेसले १७२ पालिकामा उपाध्यक्ष पद जितेको छ भने १८ पालिकामा अग्रता बनाएको छ । एमालेले ११० पालिकामा उपाध्यक्ष पद जितेको छ भने १७ पालिकामा अग्रता लिएको छ । माओवादी केन्द्रले ८७ पालिकामा उपाध्यक्ष पद जितेको छ भने पाँच पालिकामा अग्रता लिएको छ । जनता समाजवादी पार्टीले १३ पालिकामा उपाध्यक्ष पद जितेको छ भने चार पालिकामा अग्रता बनाएको छ । अन्यले २१ पालिकामा उपाध्यक्ष पद जितेका छन् भने चार पालिकामा अग्रता लिएका छन् ।

यस्तै कांग्रेसले दुई हजार २७२ वटा वडामा अध्यक्ष जितेको छ । त्यस्तै ४८ वटा वडामा अग्रता लिइरहेको छ । नेकपा एमालेले एक हजार ८०४ वटा वडा जित्दा ४५ वडामा अग्रता लिइरहेको छ । नेकपा माओवादी केन्द्रले ९५५ वटा वडामा अध्यक्ष जितेको छ ।

१५ वटा वडामा उसले अग्रता लिइरहेको छ । यस्तै जनता समाजवादी पार्टीले २०७ वटा वडामा अध्यक्ष जितेको छ भने १० वटा वडामा अग्रता लिइरहेको छ । अन्यले ४९० वटा वडा जितेका छन् भने १३ वटामा अग्रता लिएका छन् ।


प्रकाशित | ५ जेष्ठ २०७९, बिहीबार २२:०५