सेवाग्राहीसँग घुस लिँदा लिर्दै नापी कार्यालयका सर्वेक्षक पक्राउ

परासी : नापी कार्यालय परासीका सर्वेक्षक छत्रबहादुर ठकुल्ला सेवाग्राहीसँग घुस लिँदालिर्दै पक्राउ परेका छन् । उनलाई २० हजार घुससहित रङ्गे हात पक्राउ गरिएको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलको टोलीले आइतबार उनलाई कार्यालयबाटै रङ्गे हात पक्राउ गरेको हो। बर्दघाट नगरपालिकाका एक सेवाग्रहीको पूर्जामा १८ धुर जग्गा उल्लेख भएपनि नक्सामा नभएकाले मिलाइ दिने भन्दै ठकुल्लाले २० हजार माग गरेका थिए।


प्रकाशित | २९ बैशाख २०७६, आईतवार १८:०४