आज मेघ गर्जन र हुरीबताससहित वर्षाको संभावना : सचेत रहन आग्रह

काठमाडौं: आज पनि मौसम बदली हुने भएको छ । देशका पहाडी तथा तराईका भेगहरुको मौसम आंसिकदेखि समान्य बदली भएर पानी पर्ने भएको हो । मौसम पुर्वानुमान महाशाखाका अनुसार मंगलबार दिउँसो देशको पूर्वी तथा मध्य भू–भागका केहि स्थानमा र पश्चिमी भूभागका थोरै स्थानमा मेघ गर्जन र हुरीबताससहित हल्का वर्षाको संभावना छ। मध्ये तथा पूर्वी तराईका क्षेत्रहरुमा भने अहिले मंगलबार विहान मेघर्गनसहितको समान्य वर्षा भइरहेको छ ।

साथै उच्च हिमाली भूभागहरुका केहि स्थानहरुमा हिमपातको समेत सम्भावाना रहेको छ। मंगरबार राति पनि देशको पूर्वी तथा मध्य भूभागका केहि स्थानमा र पश्चिमी भूभागका थोरै स्थानमा मेघ गर्जन र हुरीबताससहित पानी पर्ने महाशाखाले जनाएको छ। काठमाडौं उपत्यकाको न्युनतम तापक्रम १३ डिग्री सेल्सियस मापन भएको छ। दिउँसो बढेर २६ देखि २८ डिग्री सेल्सियस सम्म पुग्न सक्ने अनुमान मौसम पूर्वानुमानको रहेको छ ।


प्रकाशित | १० बैशाख २०७६, मंगलवार ०८:४८