पोखरामा प्याराग्लाइडिङ क्रस कन्ट्रीतर्फको वल्र्डकप एसियन टुर हुने

पोखरा : पोखरामा सहासिक खेल प्याराग्लाइडिङ क्रस कन्ट्रीतर्फको उच्च लेवलको ‘वल्र्डकप एसियन टुर’ हुने भएको छ । प्याराग्लाइडिङको अन्तर्राष्ट्रिय संस्था एफएआई र प्याराग्लाइडिङ वल्र्डकप कमिटीले नेपालको पोखरामा उक्त वल्र्डकप एसियन टुर आयोजना गर्न मान्यता दिएसँगै पोखरामा उक्त प्रतियोगिता पहिलो पटक हुने भएको नेपाली टिमका पूर्व कप्तान विमल अधिकारीले बताए ।

उक्त प्रतियोगिता फागुन ११ देखि १७ गतेसम्म पोखराको सराङकोटमा हुने भएको अन्तर्राष्ट्रिय संस्थासँग समन्वयसमेत गरेका पूर्वकप्तान अधिकारीले बताए । उनका अनुसार एसियन प्याराग्ग्लाइडिङ पाइलटलाई विश्व (याङकिङका खेलाडीहरूसँग राम्रो सीपको विकास गराउने उद्देश्यले क्रस कन्ट्रीतर्फको इभेन्ट हुने भएको हो । एसियन खेलाडीहरूको क्षमता वृद्धि गरी प्याराग्लाइडिङको वल्र्डकप सुपर फाइनलमा समेत पु¥याउने लक्ष्यका साथ उक्त प्रतियोगिता नेपालमा पहिलो पटक हुन लागेको अधिकारीले बताए । नेपालमा हुने उक्त प्रतियोगिता यस वर्ष सुरक्षा र व्यवस्थापकीय दृष्टिले चुस्त भएमा अर्को वर्ष वल्र्डकप आयोजना हुने धेरै सम्भावना रहेको अधिकारीले जनाए । नेपाल आर्मीको खोज तथा उद्धार टोलीले उक्त प्रतियोगिताको अवधिमा तयारी अवस्थामा ९स्ट्यान वाई० रेस्क्यु गर्न रहने भएको उनले बताए । विभिन्न देशका तीन ठाउँमा हुने उक्त प्रतियोगिताका उत्कृष्ट खेलाडीहरूले वल्र्ड कपमा सिधै सहभागी हुन पाउने भएको उनले जनाए । यो समाचार आजको कारोबार दैनीकमा छ ।

प्रतियोगितामा सहभागी हुन हालसम्म ३० देशका ७८ जनाले आफ्नो नाम दर्ता गराएको अधिकारीले बताए । प्रतियोगितामा अधिकत्तम १ सय २५ जनासम्म प्रतियोगिहरू सहभागी हुने भएका छन् । प्रतियोगिता महिला तथा पुरुष एकल तथा टिम इभेन्टमा हुने भएको छ । नेपाल, भारत, चाइना, इन्डोनेसिया, कोरिया, फ्रान्ससहितका युरोप तथा पश्चिम मुलुका प्याराग्लाईडिङ पाइलट प्रतियोगितामा सहभागि हुने भएका छन् । नेपाल हवाई खेलकुद संस्था ९ना० र नेपाल प्याराग्लाइडिङ तथा ह्याङग्लाडिङ संघको आयोजनामा पोखरामा उक्त इभेन्टमा पहिलो पटक हुने भएको संघका महासचिव शैलेन्द्र रावतले बताए ।

नेपाल भ्रमण वर्षको अवसरमा पोखरामा हुने उक्त प्रतियोगिताले नेपाल र पोखराको पर्यटन प्रबद्र्धनमा ठूलो सहयोग पु¥याउने भएको ना का अध्यक्ष कृष्ण भण्डारीले बताए । नेपाल पर्यटन बोर्डले उक्त प्रतियोगितामा प्रबद्र्धन गर्ने भएको छ ।

यस अघि पोखरामा क्रस कन्ट्रि तर्फ प्रि वल्र्डकप र प्याराग्लाइडिङको एकुरेसी तर्फको इभेन्टमा स्याङजाको स्वरेक मैदानमा वल्र्ड कप भएको थियो । नेपालले प्याराग्लाइडिङ क्रस कन्ट्रि तर्फको इभेण्ट तर्फ एसियन गेम्समा रजत पदक हात पर्न सफल भएको छ । नेपालमा हालै सम्पन्न भएको १३ औं सागमा न्यूनतम तीन देशको सहभागिता नहुदा नेपालले यस प्रतियोगिताबाट पदक ल्याउन चुकेको थियो । २८ खेलमध्य प्याराग्लाइडिङ प्रतियोगिता सागमा संचालन भएन । साग राष्ट्रमा प्याराग्लाइडिङ खेल सरकारी स्तरबाट खेल संघ मान्यता नपाएको कारणले गर्दा पनि ओलम्पिकको झन्डामुनि हुने खेलमा विभिन्न देशका खेलाडीहरू सहभागी हुन पाउँदैनन् ।


प्रकाशित | २२ पुष २०७६, मंगलवार १५:५६