शेष घले दम्पतीको नेपाल सरकारको कोरोना कोषलाई तीन करोड सहयोग

काठमाडौं : गैर आवासीय नेपाली संघका पूर्वअध्यक्ष तथा प्रमुख संरक्षक शेष घले तथा धर्मपत्नी जमुना गुरुङले कोरोना उपचार तथा नियन्त्रण कोषमा ३ करोड रुपैयाँ सहयोग गर्नुभएको छ । घले दम्पत्तिले एमआईटी ग्रुप फाउण्डेसनमार्फत सरकारले गठन गरेको कोषमा सो सहयोग गर्नुभएको हो ।

एमआईटी ग्रुप फाउण्डेसनका निर्देशक सुरेश चित्रकारले आइतबार प्रधानमन्त्री कार्यालयका सचिवलाई सहयोग रकमको चेक हस्तान्तरण गर्नुभयो । यात्रामा भइरहेको अवरोधका कारण आफूहरु स्वयं उपस्थित हुन नसकेको भन्दै फाउण्डसेनका अध्यक्ष शेष घलेले वक्तव्य जारी गरेर सहयोगको जानकारी गराउनुभएको हो ।

उहाँले भन्नुभएको छ, ‘आशा छ, यो रकम नेपाल सरकारले कोरोना नियन्त्रण र निर्मूलका लागि परीक्षण, निगरानी र उपचारका लागि खर्च गर्न सदुपयोग गर्नेछ ।’ फाउण्डेसनले यसअघि भूकम्प, नाकाबन्दी तथा बाढीका बेलामा पनि सहयोग गरेको थियो ।


प्रकाशित | १४ बैशाख २०७७, आईतवार १६:४०