एनआरएनए अष्ट्रेलियाको अध्यक्षमा केशव कँडेल निर्वाचीत

मेल्बर्न : गैर आवासीय नेपाली संघ (एनआरएनए )अष्ट्रेलियाको अध्यक्षमा केशव कँडेल निर्वाचीत हुनुभएको छ । कँडेल आगामी दुई वर्षे कार्यकालको लागि अध्यक्षमा निर्वाचीत हुनुभएको हो । कँडेलले ४ हजार १ सय ४८ मत प्राप्त गर्दै अध्यक्षमा विजयी हुनुभएको हो । कँडेलको निकटतम प्रतिस्पर्धी दिनेश पोखेरेलले ३ हजार ७ सय ५७ मत प्राप्त गर्नुभयो ।

करिव एक लाख नेपाली बसोबास गर्ने अष्ट्रेलियामा एनआरएनएमा ११ हजार ६ सय १७ सदस्य छन् । जसमध्ये ८ हजार २ सय ९५ सदस्यले मतदान गरेका थिए । सन २००८ देखी एनआरएनएको अभियानमा लाग्नुभएको कँडेल २०११ /२०१३ एनसीसी सदस्य हुँदै २०१३/ २०१५ भिक्टोरिया स्टेट सचिव, २०१५ /२०१७ र २०१७/ २०१९ गरी दुई कार्यकाल उपाध्यक्ष एबं भिक्टोरिया स्टेटको संयोजक भएर काम गरिसक्नु भएको छ । त्यस्तै, महासचिवमा डाक्टर ज्ञानेन्द्र रेग्मी, सचिवमा उषाकिरण बारिया, कोषाध्यक्षमा अनिल पोखरेल विजयी हुनु भएको छ ।

Posted by Bhabani Oli on Saturday, 6 July 2019


प्रकाशित | २१ असार २०७६, शनिबार १९:५४