काँग्रेसको १६ जिल्लाको अधिवेशन पुनः स्थगित

काठमाडौं – नेपाली काँग्रेसको १६ जिल्लाको अधिवेशन पुनः स्थगित भएको छ । काँग्रेस केन्द्रीय निर्वाचन समितिका सचिव केशव रिजालले विज्ञप्तिमार्फत जानकारी गराउँदै माघ १२ गते हुन लागेको राष्ट्रियसभा निर्वाचनका कारण जिल्ला अधिवेशन पुनः माघ १५ गतेसम्मका लागि सारिएको हो ।

सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली, मकवानपुर, सिन्धुपाल्चोक, चितवन, बाँके, कैलाली, अछाम र नवलपुरमा जिल्ला अधिवेशन हुन बाँकी छ ।


प्रकाशित | २१ पुष २०७८, बुधबार १२:१७