काठमाडौं : सिन्धुपाल्चोकको चौतारामा रहेको जुगल बोर्डिङ स्कुलले ओलम्पियन दीपक विष्ट र गायक रामकृष्ण ढकाललाई सम्मान गरेको छ । जुगल बोर्डिङको ३३ औं बार्षिकत्सवको अवसरमा सिन्धुपाल्चोकका संघीय सांसद माधव सापकोटाले विष्ट र ढकाललाई सम्मान गर्नु भयो ।

सोही अवसरमा स्कुलका अध्यक्ष तथा प्याब्सनका केन्द्रीय महासचिव आरवी कट्वालले सांसद सापकोटासहित अन्य पूर्व विधार्थीहरुलाई पनि सम्मान गर्नु भएको थियो ।

स्कुलका सन्चालक प्रिन्सिपल ओमप्रसाद उप्रेतीले देशका लागि खेल क्षेत्रमा र संगीत क्षेत्रमा विशिष्ट योगदान गरेकाले विष्ट र ढकाललाई सम्मान गरिएको बताउनुभयो ।
प्रकाशित | १ चैत्र २०७९, बुधबार २०:३७