महान्यायाधिवक्तामा रमेश बडाल सिफारिश

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले महान्यायाधिवक्तामा रमेश बडाललाई सिफारिश गर्नुभएको छ । बडालको नियुक्ति र शपथ आइतबार हुने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो । महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले आजै राजीनामा दिनुभएको थियो ।

आजै अग्नि खरेलले महान्यायाधिवक्ताबाट राजीनामा दिनुभएको थियो । खरेलको राजीनामा स्वीकृत भएलगत्तै बडाल नयाँ महान्यायाधिवक्ता सिफारिस हुनुभएको हो ।

बडाललाई महान्यायाधिवक्ता नियुक्त गर्न राष्ट्रपति कार्यालयमा सिफारिस गरिएको हो । राष्ट्रपतिबाट महान्यायाधिवक्ता नियुक्त गरेपछि बडालले कार्यभार सम्हाल्नु हुनेछ ।


प्रकाशित | ६ चैत्र २०७७, शुक्रबार १८:२५