रातो कार्पेटबारे प्रधानमन्त्रीको टिप्पणी : मिसन पत्रकारिताले मलाई हैरान बनायो

काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारविरुद्ध संचार माध्यमले भ्रम फिजाएको भन्दै असन्तुष्टि जनाएका छन् । बुधबार त्रिभुवन विश्व विद्यालयको ६० औं वार्षिकोत्सव कार्यक्रममा सहभागी कार्यक्रममा ओछयाइएको रातो कार्पेटबारे विभिन्न संचार माध्यमहरूले बनाएको समाचारलाई उनले मिसन पत्रकारीताको नाम दिएका छन् । पानीले भिजेको रातो कार्पेटलाई संचारमाध्ययमले ठूलो समाचार बनाउनु मिसन पत्रकारीता भएको उनको भनाई थियो । यो समाचार नयाँ पत्रीका दैनीकले छापेको छ ।

उनले कालो पत्रे नभएको बाटोमा हिलो भएको विषयलाई लिएर समाचार बनाएको भन्दै मिसन पत्रकारिताले आफूलाई हैरान बनाएको बताए । ‘म प्रधानमन्त्री भएको एक वर्ष भयो,’ उनले भने, ‘देशका सबै सडक कालोपत्रे गर्न सकेनछु । ’ तर त्यसलाई पनि समाचार बनाएको उल्लेख गर्दै उनले भने, ‘धन्य छ, मिसन पत्रकारिता ।’

प्रधानमन्त्री ओलीले प्रदेश सरकार संघीय सरकारको मातहतमा रहेको बताए । प्रदेश सरकारलाई स्वतन्त्र सरकारको रुपमा लिइएकोमा आपत्ति जनाउँदै उनले संवैधानिक व्यवस्था अनुसार नै प्रदेश सरकार संघीय सरकारको मातहतमा रहेको बताए ।

प्रधानमन्त्री ओलीले संविधानले सुरक्षा, परराष्ट्र मामिला तथा आर्थिक अधिकारका विषय संघीय सरकार अन्तरगत संचालित हुने भनेर प्रदेश सरकारलाई संघीय सरकारकै मातहतमा राखेको स्मरण गराए ।


प्रकाशित | २७ असार २०७६, शुक्रबार ०९:२०