एकै दिन काठमाडौं उपत्यकामा १४ सयभन्दा बढी जना सवारी चालकमाथि कारवाही

काठमाडौँ । ट्राफिक प्रहरीले एकै दिन काठमाडौं उपत्यकामा एक हजार ४०६ जना सवारी चालकमाथि कारवाही गरेको छ । ट्राफिक नियम उल्लङ्घन गर्ने उनीहरुलाई सोमबार उपत्यकाको विभिन्न स्थानबाट ट्राफिक प्रहरीले कारवाही गरेको हो ।

कारवाहीमा पर्नेमा फुटपाथमा पार्किङ गर्ने १२५ जना, मदिरा पिएर सवारी साधन चलाउने ४५ जना र जथाभावी यात्रु चढाउने तथा ओराल्ने ५९ जना रहेका छन् ।

रातो बत्तीको उल्लङ्घन गर्ने ३८ जना, ढोका खुल्लै राखेर सवारी चलाउने ४६ जना, अवस्था ठिक नभएको सवारी साधन चलाउने २५ जना र क्षमता भन्दा बढी यात्रु राख्ने २२ जना चालकलाई पनि कारवाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।


प्रकाशित | १० फाल्गुन २०७८, मंगलवार ११:२६