राष्ट्रपतिद्वारा मंगलबार सर्वदलीय बैठक आव्हान

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार सर्वदलीय बैठक आह्वान गर्नुभएको छ । राष्ट्रपति निवासमा मंगलबार दिउँसो ४ बजे संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुलाई छलफलका लागि बोलाइएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार छलफलमा नेकपा एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीका शिर्ष नेतालाई बैठकमा बोलाइएको छ ।


प्रकाशित | २ चैत्र २०७७, सोमबार २१:०३