शेयर बजार : नेप्सेमा सामान्य सुधार

काठमाडौं: धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज सामान्य अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २।४८ विन्दुले बढेर एक हजार २७१।२३ विन्दुमा पुगेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ०।१९ विन्दुले बढेर २७३।५० मा पुगेको छ । नेप्से उकालो लाग्दा कूल १६६ कम्पनीको १० लाख ८४ हजार ५५३ कित्ता शेयर रु ३१ करोड ६६ लाख ४३ हजार ४२१ मूल्यमा खरीद बिक्री भएको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज कारोवार भएका कूल ११ उपसमूह मध्ये तीन उपसमूहको शेयर आरोलो लागेको छ । त्यसमा निर्जीवन बीमा कम्पनी २१।८३, जीवन बीमा ६।४ र सामूहिक लगानी कोष ०।१९ विन्दुले घटेको छ । यस्तै बैंकिङ २।३४, होटल १७।०९, विकास बैंक १।७, जलविद्युत् ५।७३, वित्त ०।८७, उत्पादन ७।४५, अन्य २।०६ र लघुवित्त ७।४८ विन्दुले बढेको छ ।

लाभकर गणना विधिका विषयमा बुझाइमा केही समस्या भएपछि लगानीकर्ता अन्योलमा परेकाले बजार अपेक्षित उकालो लाग्न नसकेको बताइएको छ । स्टकका अनुसार कारोवारका आधारमा आज नेपाल लाइफ इन्स्योरेन्स कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको कूल रु दुई करोड ३६ लाख ९८ हजार ६५ बराबरको कारोबार भयो । यस्तै, सिभिल बैंक रु एक करोड ६७ लाख ८८ हजार १४२, नबिल बैंक रु एक करोड ५८ लाख ५९ हजार ९२१, शिवम् सिमेन्ट रु एक करोड ४८ लाख ५९ हजार ६०३ र नेपाल बैंक रु एक करोड १० लाख ६३ हजार ५९२ मूल्यमा कारोवार भई शीर्ष स्थानमा रहे ।

स्टकका अनुसार एनएमबी माइक्रोफाइनान्स वित्तीय संस्थाका शेयरधनीले आज ६।९३ प्रतिशतले कमाए । यस्तै सपोर्ट माइक्रोफाइनान्स ५।६१, प्रुडेन्सियल इन्स्योरेन्स ३।७०, नेशनल माइक्रोफाइनान्स ३।५८ र नेरुडे लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले २।९७ प्रतिशतले कमाए ।

यसैगरी माहुली सामुदायिक लघुवित्त वित्तीय संस्था ५।७२, समिट लघुवित्त वित्तीय संस्था ५।०९, ग्लोबल आइएमइ लघुवित्त वित्तीय संस्था ४।१०, नेपाल हाइड्रो डेभलपर ३।९० र स्वदेशी लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ३।५५ प्रतिशतले गुमाए ।


प्रकाशित | ६ श्रावण २०७६, सोमबार १६:३७