एनआरएनए अमेरिकालाई साझा संस्थाको रुपमा विकास गर्न लागिपर्नेछु : कृष्ण जीबी पन्थ

टेक्सस । गैर आवासीय नेपाली संघ (एनआरएनए ) अमेरिकाको वरिष्ठ उपाध्यक्षमा कृष्ण जीबी पन्थले उम्मेदवारी घोषणा गर्नुभएको छ । पन्थले ‘गतिशिल,पारदर्शी र संस्थागत एनआरएनए’ मूल नारा सहित वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी घोषणा गर्नुभएको हो । हाल एनसीसी अमेरिकाको उपाध्यक्ष रहनु भएको पन्थ गत २०१९ को निर्वाचनमा सबैभन्दा धेरै मत ल्याएर विजयी हुनुभएको थियो ।

एनआरएनए अमेरिकालाई साझा संस्थाको रुपमा विकास गर्ने योजनासहित वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी घोषणा गरिएको पन्थले बताउनुभयो । आफनो योग्यता, क्षमताले म्याएसम्म सबैको अपनत्व हुने गरि साझा संस्थाको रुपमा विकास गर्ने उहाँले बताउनुभयो ।

त्यस्तै, अमेरिकाबासी नेपाली समुदायको हक हितका साथै सरोकार र चासोका हरेक विषयमा आफनो अंग्रणी भूमीका हुने पनि बताउनुभयो । उहाँले गैर आवासीय नेपाली अभियानलाई ब्यवस्थित तथा थप प्रभावकारी बनाउन लागिपर्ने बताउनुभयो । पन्थले सबैको साथ र समर्थन पाउनेमा आफू विश्वस्त रहेको पनि बताउनुभयो ।

नेपालको तनहुँ जिल्लामा जन्मनु भएका पन्थ २००८ मा अमेरिका आउनुभएको थियो । मेरिल्याण्ड राज्यमा बस्दै आउनु भएको पन्थ गैर आवासीय नेपाली संघमा २०१४ देखि सक्रिय हुनुहुन्छ ।


प्रकाशित | २ चैत्र २०७७, सोमबार १८:३४