विश्वकप क्रिकेट: आज उपाधि दाबेदार इंग्ल्याण्ड र अफगानिस्तानबीच प्रतिस्पर्धा

एजेन्सी : इंग्ल्याण्डमा जारी १२ औं संस्करणको आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा  (मंगलबार) एक खेल हुँदैछ । इंग्ल्याण्डको म्यान्चेस्टरमा हुने एक मात्र खेलमा उपाधि दाबेदार इंग्ल्याण्ड र अफगानिस्तानबीच प्रतिस्पर्धा हुनेछ । दुई टोलीबीचको खेल नेपाली समय अनुसार दिउँसो ३:१५ मा सुरु हुनेछ ।

ओल्ड ट्राफोर्डमा इंग्ल्याण्ड अफगानिस्तानलाई पराजित गर्दै चौंथो जित निकाल्ने लक्ष्यसहित मैदान उत्रनेछ । ४ खेलमा ३ जित र १ हार व्यहोरेको इंग्ल्याण्डको ६ अंक रहेको छ ।  चौंथो स्थानमा रहेको इंग्ल्याण्ड अफगानिस्तानलाई हराउँदै शीर्ष स्थानको अष्ट्रेलियासंग अंक बराबरी गर्न चाहन्छ । तर, पहिलो जितको खोजीमा अफगानिस्तानसंग इंग्ल्याण्ड सतर्क रहने छ ।

जारी विश्वकपमा अफगानिस्तान जित निकाल्न नसक्ने एक्लो टिम हो । ४ खेलमा अफगानिस्तानले ४ खेल गुमाएको छ । तर, इंग्ल्याण्डलाई हराउँदै अफगानिस्तान पहिलो जित निकाल्न चाहन्छ । यसअघि दुईबीचको एक भेटमा इंग्ल्याण्ड ९ विकेटले विजयी भएको थियो ।


प्रकाशित | ३ असार २०७६, मंगलवार ११:००