छविविरुद्ध शिल्पाले सम्बन्ध विच्छेद मुद्दा हालिसकेको खुलासा

काठमाडौं : चलचित्र निर्माता एवं आफ्ना पति छविराज ओझासँग अब अलग हुने निर्णयसहित अभिनेत्री शिल्पा पोखरेलले सम्बन्ध विच्छेदको मुद्दा दर्ता गरेकी छन्। काठमाडौं जिल्ला अदालतमा उनले सम्बन्ध विच्छेदका लागि आइतबार नै मुद्दा दायर गरेकी हुन्। उनले सम्बन्ध विच्छेद मुद्दाबारे सोमबार बेलुका मात्र खुलासा गरेकी हुन्। यो खबर आजको राजधानी दैनिकले छापेको छ। अभिनेत्री शिल्पाले अब आफू पति छविराजको घरमा कुनै हालतमा नफर्कने निर्णयसहित सम्बन्ध विच्छेदको प्रक्रियामा अघि बढेको बताएकी छन्।


प्रकाशित | १ श्रावण २०७६, बुधबार ०९:४९