ओली- नेपाल समूह वार्ता सकारात्मक

काठमाडौं । नेकपा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधवकुमार नेपाल पक्षबीच भएको वार्ता सकारात्मक रुपमा अगाडि बढेको छ । पार्टी कार्यालय धुम्बाराहीमा भएको छलफल सकारात्मक रुपमा अगाडि बढेको नेताहरुले बताएका छन् ।

नेकपा एमालेको संस्थापन पक्ष र असन्तुष्ट पक्षबीच धुम्बाराहीमा भएको वार्तामा नेपाल पक्षले २८ गतेको बालुवाटारबाट भएका निर्णयहरू फिर्ता लिनुपर्ने अडान राखेका थिए । एमालेका नेता रघुजी पन्तले छलफल सकारात्मक रुपमा अगाडि बढेको बताउनुभयो ।

पन्तका अनुसार अदालतले एमाले ब्यूँताईदिएपछि अब पार्टीलाई कसरी अगाडि बढाउने र उत्पन्न विवाद कसरी सल्टाउने जस्ता विषयमा छलफल भएको उहाँले बताउनुभयो।

छलफलका क्रममा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओली, महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णु पौडेल, पार्टी प्रवक्ता परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र स्थायी कमिटी सदस्य सुवाचन्द्र नेम्वाङ तथा नेपाल पक्षबाट माधवकुमार नेपाल, सुरेन्द्र पाण्डे, धनश्याम भुसाल, रघुजी पन्त, गोकर्ण विष्ट उपस्थित हुनुहुन्थ्यो ।


प्रकाशित | २ चैत्र २०७७, सोमबार १३:५७