‘फेरि पनि चुनाव लडेर पार्टीको सभापति बन्छु’

दाङ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आगामी महाधिवेशनमा पनि सभापतिको उम्मेदवार भएको बताउनुभएको छ । आफनो कार्यकालमा कांग्रेसको हाईट बढेको र आफूले मात्र कांगेसलाई सही दिशामा लैजान सक्ने भन्दै फेरि पनि सभापतिको उम्मेदवारी बनेर जित्ने बताउनुभएको हो ।

‘फेरि पनि चुनाव लडेर पार्टीको सभापति हुँ, नेपाली कांग्रेस दाङ क्षेत्र नम्बर १ ले लमहीमा आयोजना गरेको क्षेत्रीय सभालाई सम्बोधन गर्दै देउवाले भन्नुभयो । पार्टीको विधानमा चुनाव लडेर नेतृत्वमा आउन सक्ने स्पष्ट व्यवस्था भएको भन्दै सभापति दोहोर्याउने कुरा प्रष्ट पार्नुभएको हो । कांग्रेसमा देउवाले युवालाई नेतृत्व हस्तान्तरणको चर्चा चलिरहँदा फेरि पनि सभापति बन्ने देउवाको उद्घोषले कांग्रेसमा नयाँ समीकरण खडा हुने देखिन्छ ।


प्रकाशित | २० चैत्र २०७५, बुधबार १६:३८