एनआरएनए नेदरल्याण्ड्सको अध्यक्षमा मिम पूर्जा विजयी

नेदरल्याण्ड्स – गैर आवासीय नेपाली संघ (एनआरएनए) नेदरल्याण्ड्सको अध्यक्षमा मीम पुर्जा निर्वाचित हुनु भएको छ । शनिबार सम्पन्न निर्वाचनमा पुर्जा अध्यक्षमा विजयी हुनु भएको हो । पुर्जा २४२ मत ल्याई विजयी हुनु भयो भने उहाँको निकटतम प्रतिद्वन्दी राम चन्द्र क्षत्री पदमले १८९ मत प्राप्त गर्नु भयो । आइसिसी सदस्यमा टिकाराम सापकोटा निर्वाचित हुनु भएको छ ।

यस्तो छ नयाँ कार्यसमिति

अध्यक्ष -मिम पुर्जा

वरिष्ठ उपाध्यक्ष- बिस्णु प्रसाद पोखरेल

उपाध्यक्ष– अमिर गुरुङ

उपाध्यक्ष–  खेम लाल सापकोटा

महिला उपाध्यक्ष -सिता सापकोटा

महासचिब -सिता कुमारी क्षेत्री

सचिब – पेमा लामा

कोषाध्यक्ष -सुशिला बानिया

सह कोषाध्यक्ष -रेखा घिमिरे

युबा संयोजक– निरज गुरुङ

साउथ होल्यान्ड संयोजक – सन्जय श्रेष्ठ

सदस्यहरु:-

-बिबेक बस्तोला
– बालकृष्ण थापा
– दिनेश अर्याल
– ज्ञानेद्र आले
– राम प्रसाद रेग्मी

आइसिसी सदस्य-  टिकाराम सापकोटा

निर्विरोध निर्वाचित

महिला संयोजक– चन्दना खडका

लिम्बर्ग संयोजक– सुवास पराजुली

नर्थ हल्यान्द संयोजक -सुरेश श्रेष्ठ


प्रकाशित | १७ श्रावण २०७८, आईतवार ०३:२०