काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू नेतृत्वको सरकार नरहे अब हुने चुनावबाट दुई तिहाइ बहुमत ल्याएर फेरि सिंहदरबार पस्ने बताउनुभएको छ । अखिल नेपाल महिला संघ केन्द्रीय कमिटीले आयोजना गरेको भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्ती ओलीले अहिले सरकारबाट हटाए पनि २० महिनापछि फेरि दुई तिहाई बहुमतका साथ सिंहदरवार पस्ने बताउनुभयो ।
‘ अहिले हटाउन सक्छ भने हटाओस् । हटाउने प्रयास भइरहेको छ । तर २० महिनापछि फेरि यो पार्टी, सूूर्य चिन्हधारी पार्टी, नेकपा एमाले नामको पार्टी, दुुई– तिहाई लिएर सिंहदरबारबाटे मुलगेटबाट फेरि पस्छ,’ ओलीले भन्नुभयो ।
ओलीले सरकारमा भए देश बनाउने र नभए प्रतिपक्षमा बसेर देश बनाउने तयारी गर्ने बताउनुभयो । उहाँले आफ्नो गन्तव्य सत्ता नभएर देश विकास भएको पनि उल्लेख गर्नुभयो ।
प्रकाशित | २९ फाल्गुन २०७७, शनिबार १५:५६