सर्वोच्चको फैसला अपेक्षा गरेभन्दा फरक : प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी प्रचण्ड-नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सर्वोच्चबाट आएको फैसला अपेक्षा गरेभन्दा फरक आएको टिप्पणी गर्नुभएको छ । फैसला राम्रोसँग अध्ययन नगरी अहिले टिप्पणी नगर्ने पनि बताउनुभयो ।

सञ्चारकर्मीसँग कुराकानी गर्नुहुँदै प्रचण्डले सर्वोच्चले नेपाल कम्युनिष्ट पार्टीबारे गरेको फैसलाको राम्रोसँग अध्ययन गर्न बाँकी नै रहेको बताउँदै भन्नुभयो, ‘यो हामीले अपेक्षा गरेभन्दा फरक आएको लागेको छ।’


प्रकाशित | २३ फाल्गुन २०७७, आईतवार १६:१५