एनआरएनए एनसिसीलाई न्यूजील्याण्ड सरकारको ५० हजार डलर सहयोग

न्यूजील्याण्ड: गैर आवासीय नेपाली संघ (एनआरएनए ) न्यूजील्याण्डलाई यहाँको सरकारले ५० हजार डलर सहयोग गरेको छ । न्युजिल्याण्ड सरकारले सामुदायिक पूर्नजागरण कार्यक्रम अनुसार नेपाली समुदायलाई सहयोग स्वरुप सो रकम उपलब्ध गराएको हो ।

एनआरएनए न्युजिल्याण्डका अध्यक्ष लाल केसीका अनुसार कोरोना भाइरसको प्रकोपको कारण रोजगारी गुमाएका र भर्खरै नेपालबाट आएर रोजगारी नै शुरु नगरेका समुदायका सदस्यहरुलाई रोजगारीमुलक तालिम संचालन गर्न यो रकम खर्च गरिने छ ।

अध्यक्ष केसीले आवश्यक पर्ने जनशक्तिलाई मध्यनजर गरेर नेपाली समुदायका सदस्यहरुलाई अल्पकालिन सीपमुलक तालिम उपलब्ध गराउने पनि बताउनुभयो ।

केसीले थप्दै भन्नुभयो, ‘तालिमपछि रोजगारी पाउन मद्दत मिल्ने छ । बजारको माग अनुसारको सीपयुक्त जनशक्ति उत्पादन गर्नु यो कार्यक्रमको मुख्य उद्देश्य हो ।’


प्रकाशित | २२ जेष्ठ २०७७, बिहीबार ०७:३८