तालिबान लडाकूले गरे नौ प्रहरीको हत्या

काठमाडौं – तालिबान लडाकूहरुले अफगानिस्तानको सुरक्षा चौकीमा आक्रमण गरी कम्तीमा नौ जना प्रहरीको हत्या गरेका छन् । स्थानीय सरकारी अधिकारीहरुले शनिबार दिएको जानकारी अनुसार लडाकूहरुले अफगानिस्तानको पूर्वी घाज्नी सहरमा रहेको प्रहरी चौकीमा आक्रमण गरेका हुन् ।

उनीहरुले शुक्रबार बिहानैदेखि आक्रमण सुरु गरेका थिए । उनीहरुले एक आपसमा नजिकै रहेका दुई चौकीमा आक्रमण गरेको घाज्नी प्रहरीका प्रवक्ता अहमद खान सिरातले एएफपीलाई जानकारी दिनुभयो ।  भाग्नेक्रममा उनीहरुले विद्युतीय धरापको समेत प्रयोग गरेका थिए । घटनामा परी स्थानीय प्रहरीका प्रमुख पनि मारिएका छन् । अफगानिस्तानमा राष्ट्रपति असरफ घानीले सत्ताको नेतृत्व गरेदेखि अहिलेसम्म ४५ हजार सुरक्षाकर्मी मारिएका छन् । सन् २०१४ देखि घानी राष्ट्रपति हुनुभएको हो ।


प्रकाशित | १६ चैत्र २०७५, शनिबार १७:४४