नेकपा संसदीय दलको बैठक सकियो, ११५ सांसद उपस्थित

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को संसदीय दलको बैठक सकिएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा प्रतिनिधिसभाका ९१ र राष्ट्रिय सभाका २४ गरी ११५ सांसदको उपस्थिति रहेको जनाइएको छ ।

आजको बैठकमा ११५ जना सांसदको सहभागिता रहे पनि केही सांसद काम विशेषले सहभागी हुन नसक्नु भएको र भोलिसम्म १३० सम्म संख्या पुग्ने आशा गरिएको छ ।

दिउँसो ३ बजेबाट शुरु भएको नेकपा संसदीय दलको बैठक डेढ घण्टा बसी साढे ४ बजे सम्पन्न भएको थियो ।


प्रकाशित | २२ फाल्गुन २०७७, शनिबार १९:०४