काठमाडौं : गैरआवासीय नेपाली संघ (एनआरएनए) टर्कीले वैधता पाएको छ । टर्कीले ८३ औँ शाखाको रुपमा मान्यता पाएको हो । गैर आवासीय नेपाली संघका प्रवक्ता डिबी क्षेत्रीका अनुसार केन्द्रीय सचिवालय बैठकले उज्वल कुमार घिसिङको अध्यक्षतामा गठीत १७ सदस्यीय तदर्थ समितिलाई मान्यता दिइएको हो । नवगठित समितिको उपाध्यक्षमा श्यामकला राई, महेन्द्र थापा र तिला दाहाल हुनुहुन्छ ।
त्यस्तैगरि महासचिवमा विनोद पौड्याल, सचिवमा मोहम्मद जावेद, सहसचिवमा नीमा छोटी शेर्पा, कोषाध्यक्षमा अनिता गुरुङ र सह-कोषाध्यक्षमा गीता लिम्बु रहनु भएको छ ।
यसैगरी युवा संयोजकमा मन्दिरा ओली खत्री र सुनिल पौडेल लगायत ७ जना सदस्यहरु पनि नवगठित समितिमा चयन भएको एनआरएनले जनाएको छ । समितिको प्रवक्तामा विकास सुमनलाई चयन गरिएको छ ।
एनआरएनए यूरोप संयोजक नारायण आचार्यका अनुसार विधानको दफा २३.१ तथा राष्ट्रिय समन्वय परिषद् तदर्थ समिति निर्माण सम्बन्धी नियमावली २०२० अनुसार राष्ट्रिय समन्वय परिषद् टर्कीलाई मान्यता दिइएको हो।


प्रकाशित | १० श्रावण २०७७, शनिबार ११:५१