नयाँ वर्ष लागेसँगै निरन्तर बढेको सेयर बजारमा ब्रेक : कारोबारमा भने उल्लेख्ख बृद्धि

काठमाडौं : नयाँ वर्ष लागेपछि लगातार बढेको शेयर बजारमा आज भने ब्रेक लागेको छ । आइतबार ३२ अङ्कले बढेको बजार सोमबार ७.२६ अङ्कले घटेको हो । बजार घटे पनि कारोबार रकम भने बढेको छ । सोमबार १ अर्ब ३ करोड ७६ लाख रुपैयाँबराबरका ३२ लाख २२ हजार २५६ कित्ता सेयर किनबेच भएको छ । आइतबार १ अर्ब २ करोड ४ लाख रुपैयाँ सेयर कारोबार भएको थियो ।

सोमबार सबैभन्दा बढी सेयर कारोबार नेपाल बैङ्कको भएको छ । नेपाल बैङ्कको प्रतिकित्ता ३०९ मा ९ करोड ३६ लाख ३४ हजार रुपैयाँको सेयर किनबेच भएको छ । सिभिल बैङ्कको १७१ रुपैयाँमा ३ करोड ८५ लाख ६५ हजार रुपैयाँको सेयर कारोबार भएको छ । बैङ्क तथा वित्तीय संस्थाको सेयर बढी कारोबार भएको छ । एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेड र ग्लोबल आईएमई लघुवित्त संस्था लिमिटेडका लगानीकर्ताले कमाएका छन् ।


प्रकाशित | ९ बैशाख २०७६, सोमबार १७:५६