नेपाली यू–१५ फुटबल टिम भारत प्रस्थान

काठमाडौ :  पाचौं संस्करणको साफ यू–१५ फुटबल च्याम्पियनसिप फुटबलमा सहभागिता जनाउन नेपाली युथ टिम भारत प्रस्थान गरेका छन् । भारतको कल्याणीमा यसै साताबाट सुरु हुने प्रतियोगिता खेल्न नेपाली टिम सोमबार त्यसतर्फ प्रस्थान गरेका हुन् ।

प्रतियोगिता असोज ४ बाट १४ सम्म कल्याणी रंगशालामा आयोजना हुनेछ । नेपालले हालसम्म यू-१५ को उपाधि जित्न सकेको छैन । घरेलु मैदानमा सम्पन्न गत संस्करणमा नेपाल चौथो भएको थियो । नेपाल सन् २०१३ र २०१७ मा दुई पटक उपविजेता बनेको थियो । तर, पाँचौ संस्करणमा भने नेपाल उपाधि घर ल्याउने योजनामा रहेको छ । प्रतियोगितामा नेपालसहित साविकको विजेता बंगलादेश, भारत, श्रीलंका र भुटान रहेका छन् ।

राउण्ड रोविनको आधारमा खेलाईने प्रतियोगिताको शीर्ष दुई टोलीले उपाधिका लागि खेल्नेछन् । नेपालले आगामी बुधबार भारतको सामना गर्दै प्रतियोगिताको सुरुवात गर्नेछ । यस्तै नेपालले शुक्रबार श्रीलंका, तेस्रो खेलमा आईतबार बंगलादेश र अन्तिम खेलमा अर्को साताको बुधबार भुटानको सामना गर्नेछ । नेपाली टोलीलाई सोमबार नै अखिल नेपाल फुटबल संघ एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पा लगायतले इटहरीमा विदाई गरेका थिए

नेपाली टिम :

गोलरक्षक : ईश्वर गुरुङ, मनोज दाहाल, जिनस केसी

डिफेन्डर : प्रज्ञान महर्जन, अभिषेक वाईवा, प्रमिश गुरुङ, अजय चौधरी, जान लिम्बु, रोशन थापा

मिडफिल्डर : जन्मे जय धामी, निराजन मल्ल, प्रदिप लम्साल, नितेश श्रेष्ठ, अशिम राई, विपिन तुम्सिङ मगर, अमिर हामिद, मोहित गुरुङ, निराजन खत्री, अनिल चौधरी

स्ट्राइकर : क्रिशन अधिकारी यादव, क्रिस सापकोटा, सुगन जिमी, शशांक बोहोरा


प्रकाशित | २ भाद्र २०७६, सोमबार ११:३९