कर्णालीमा ३६ अर्ब ५४ करोड ६६ लाख बजेट सार्वजनिक

काठमाडौँ । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८/०७९ का लागि ३६ अर्ब ५४ करोड ६६ लाख ३६ हजार बराबरको बजेट सार्वजनिक गरेको छ । आर्थिक मामिला तथा योजनामन्त्री गोपाल शर्माले आगामी आर्थिक वर्षका लागि बजेट सार्वजनिक गर्नु भएको हो ।

मन्त्री शर्माले प्रस्तुत गरेको बजेटमा पुँजीगततर्फ २१ अर्ब ६५ करोड ३९ लाख १३ हजार विनियोजन गरिएको छ भने चालुतर्फ ११ अर्ब ४९ करोड २७ लाख ७० हजार छुट्याइएको छ । साथै वित्तीय हस्तान्तरणतर्फ तीन अर्ब ३९ करोड ९९ लाख ५३ हजार विनियोजन गरिएको छ ।

त्यस्तैगरि, आन्तरिक राजश्व संकलनतर्फ ६० करोड संकलन हुने अनुमान गरिएको छ । चालु बजेटमा खर्च हुन नसकेको १२ अर्ब ९२ करोड, संघबाट राजश्व सात अर्ब ४४ करोड ७७ लाख, वित्तीय समानीकरणतर्फ १० अर्ब १४ करोड २१ लाख सशर्त अनुदानतर्फ सात करोड ९८ लाख ७७ हजार प्राप्त हुने अनुमान गरिएको छ ।

कर्णाली प्रदेशले कोभिड—१९ रोकथाम नियन्त्रणका लागि ५३ करोड ९३ लाख बिनियोजन गरेको छ । यस अन्तरगत जनशक्ति, उपकरण थप, अक्सिजन आपूर्ति, खोपलगायतका कार्यक्रमहरु गरिनेछ ।


प्रकाशित | १ असार २०७८, मंगलवार २०:३८