एनआरएनएलाई न्यूजील्याण्ड सरकारको थप २० हजार डलर सहयोग, हालसम्म ८० हजार डलर सहयोग

न्यूजील्याण्ड । गैर आवासीय नेपाली संघ (एनआरएनए) न्यूजील्याण्डलाई यहाँको सरकारले कोभिड -१९ प्रभावीत नेपालीको लागि थप २० हजार लडर सहयोग गरेको छ । यहाँको सरकारले कोभिड-१९ प्रभावीत नेपालीहरुको लागि एनसिसी न्यूजील्याण्डमार्फत यसअघि पहिलो चरणमा ५० हजार डलर सहयोग गरेको थियो । एनसिसी न्यूजील्याण्डले पहिलो चरणको कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेपछि दोस्रो पटक थप सहयोग पाउन सफल भएको हो ।

एनआरएनए न्यूजील्याण्डका अध्यक्ष लाल केसीका अनुसार ”The Office of Ethnic Communities ” (OEC) बाट सो सहयोग प्राप्त भएको हो । पहिलो चरणमा कोभिड-१९ प्रभावीत नेपालीहरुको लागि विभिन्न तालिम तथा राहतका कार्यक्रम सञ्चालन गरिएको थियो । सो रकम न्यूजील्याण्डमा बसोबास गर्ने कोभिड प्रभावीत नेपालीहरुको “Up skill Training ” (Short Term ) को लागि खर्च गरिने अध्यक्ष केसीले जानकारी गराउनुभयो । साथै सो कार्यक्रम अन्तर्गतको तालिम समय दस दिनसम्मको हुने र ओइसी0 (OEC) को मापदण्ड अनुसार खर्च गरिने पनि अध्यक्ष केसीले बताउनुभयो ।

अध्यक्ष केसीले सो फन्ड लिनको लागि तथा कार्यक्रम सफल पार्न सहयोग गर्नुहेने NRNANZ “funding committee” का संयोजक डा अर्चुत अर्यालप्रति धन्यवाद ज्ञापन गर्दै कार्यक्रमको बारेमा थप जानकारीका लागि आधिकारिक फेसबुक पेजमा हेर्न आग्रह पनि गर्नुभएको छ ।

एनआरएनए न्यूजील्याण्डले कोभिड-१९ प्रभावीत नेपालीहरुको लागि नेपालीहरुबाटै सहयोग संकलन गरेर ३२ हजार डलर खर्च गरिसकेको छ । यो सहित हालसम्म १ लाख १२ हजार डलर रकम न्यूजील्याण्डबासी नेपालीहरुको लागि खर्च हुने पनि अध्यक्ष केसीले जानकारी गराउनुभयो ।


प्रकाशित | २३ माघ २०७७, शुक्रबार ११:२३