कांग्रेस केन्द्रीय समिति बैठक बस्दै

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज पनि बस्दैछ । पार्टी केन्द्रीय कार्यालयमा मंगलबारदेखि सुरू भएको केन्द्रीय समिति बैठक आज पनि निरन्तर जारी रहने छ ।

बुधबार दिउँसो १ बजेदेखि बैठक सुरू हुनेछ । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार प्रतिनिधिसभा संसद विघटन गरेपछि उक्त घटनालाई लिएर सडक आन्दोलनमा जाने कि नजाने भन्ने नै कांग्रेस बैठकको मुख्य एजेन्डा हो।

कांग्रेसमा ११७ जना केन्द्रीय सदस्य छन्। सबै केन्द्रीय सदस्यलाई धारणा राख्न समय दिइने कांग्रेसले जनाएको छ। यसकारण बैठक अझै केही दिनसम्म चल्नेछ ।


प्रकाशित | ८ पुष २०७७, बुधबार ०८:२६