राष्ट्रपतिद्वारा राहदानी विधेयक फिर्ता

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले राहदानी सम्बन्धी विधेयक फिर्ता गरिदिनुभएको छ । राष्ट्रपति भण्डारीले विधेयक सच्याउन भन्दै फिर्ता गर्नुभएको कार्यालयले जारी गरेको विज्ञप्तिमा जनाइएको छ । विधेयक प्रतिनिधिसभाले पारित गरी प्रमाणीकरणका लागि पठाएको थियो ।

बिज्ञप्तिमा भनिएको छ, ‘प्रतिनिधि सभाका सम्माननीय सभामुखज्यूबाट प्रमाणित भई नेपालको संविधानको धारा ११३ को उपधारा ९२० बमोजिम प्रमाणीकरणका लागि पेश हुन आएको राहदानी सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा नेपालको संविधानको धारा ११३ को उपधारा ९३० बमोजिम पुनर्विचार हुन आज मिति २०७६ साल जेठ ८ गते बुधबारका दिन सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीज्यूले प्रतिनिधि सभामा फिर्ता पठाउनु भएको छ ।’


प्रकाशित | ८ जेष्ठ २०७६, बुधबार २०:१६