पुस्कर खुलालको मन छुने गजल

पुस्कर खुलाल

बाढीले झै बढारिए सपनाका महलहरु
निरर्थक भए किन खै सफलताका पहलहरु

द्धन्द्धको डढेलोले पोलिएका मनहरुमा
किन फेरि ढल्दैछन कल्पनाका महलहरु

एकतर्फी मनहरुले मात्र चाहेर हुने भए
किन खेर जान्थे ईतिहाँसका अनगिन्ती रहरहरु

सूर्यले झै किरण छर्न सकिएको भए
किन पिउनु पर्थ्यो बेहोसी भै निल्नै कठिन जहरहरु

कामदारहरुलाई काम दाम मात्र मिल्या भए
किन भरिन्थे बेढंगले निसासिंदा विदेशी शहरहरु

पुस्कर खुलाल दोलखा कालिञ्चोक गाउँपालिका वडा नं. ७ सित्का निवासी हुनुहुन्छ ।


प्रकाशित | १७ माघ २०७७, शनिबार २१:४१