सूर्यविनायकमा खुल्ला प्रतिस्पर्धाबाट नियुक्त भएका प्रधानाध्यापकलाई आइतबारसम्म नियुक्ती पत्र लिइसक्न परिपत्र

शिक्षाविद्ले गरे स्वागत

भक्तपुर : सूर्यविनायक नगरपालिकाले पहिलो पटक खुल्ला प्रतिस्पर्धाबाट नियुक्त सामुदायिक बिद्यालयका प्रधानाध्यापकलाई आउने आइतबार सम्म नियुक्ति पत्र बुझीलिन परिपत्र गरेको छ । नगरपालिकाका प्रमुख बासुदेव थापाको अध्यक्षतामा बुधबार बसेको नगर कार्यपालिकाको निर्णयअनुसार आउने आइतबार अर्थात १७ गतेभित्र नियुक्ति पत्र बुझीलिन परिपत्र गरेको हो ।

नगरपालिकाले नेपालमै पहिलो पटक कार्याविधी बनाएर सामुदायिक बिद्यालयमा कार्यरत स्थायी शिक्षकहरुमध्येबाट खुल्ला प्रतिस्पर्धा गराएर प्रधानाध्यापक नियुक्त गरेको थियो । नगरपालिकाले १५ वटा आधारभूत तह, ४ वटा निम्न माध्यामीक तह र १० वटा माध्यमीक विद्यालय गरि २९ वटा विद्यालयमा खुल्ला प्रतीस्पर्धाबाट प्रधानाध्यापक नियुक्त गरेको थियो ।

शिक्षाविद्ले गरे स्वागत

उता शिक्षाविद्हरुले सूर्यविनायकले अम्यासमा ल्याएको खुल्ला प्रतिस्पर्धाबाट सामुदायिक विद्यालयमा प्रधानाध्यापक नियुक्त गर्ने निर्णयको स्वागत गरेका छन् । शिक्षाविद् प्रा डा विद्यानाथ कोइरालाले सूर्यविनायकले नेपालमै पहिलो पटक फरक शैलीका साथ शैक्षीक क्षेत्र सुधारको अम्यास गर्नु खुसीको कुरा भएको बताउनुभयो ।

यो निर्णय स्थानीय आवश्यकता सुहाउँदो भएर कार्यान्वयनमा ल्याउँदै सामुदायिक विद्यालयको शैक्षीक क्षेत्र सुधार भएमा सफल मान्नुपर्ने बताउनुभयो । विश्व सन्देशसँगको कुराकानीमा शिक्षाविद कोइरालाले अन्य स्थानीय तहमा पनि सूर्यविनायकको अम्यास बारेमा बहश शूरु भएको बताउनुभयो ।

नगर प्रमुख थापाले सामुदायिक विद्यालयको शैक्षीक क्षेत्र सुधारको लागि खुल्ला प्रतिस्पर्धाबाट प्रधानाध्यापक नियुक्त गरिएको र यो अभ्यासलाई सफल बनाउन सबै लाग्नुपर्ने बताउनुभयो

कुन विद्यालयमा को बने प्रधानाध्यापक ?


प्रकाशित | १४ बैशाख २०८०, बिहीबार २१:४५