नयाँ वर्षसँगै पहिलो पटक कोभिड म्याक्सिन लगाउन पाउँदा खुसी छु: एसी शेर्पा

न्यूयोर्क । अमेरिकाको वासिंटन राज्यस्थित सियाटल शहरको अवैतनिक महावाणिज्य दूत तथा गैर आवासीय नेपाली संघ (एनआरएनए ) को सल्लाहकार एसी शेर्पाले नयाँ वर्षसँगै पहिलो पटक कोभिड म्याक्सिन लगाउँन पाउँदा नयाँ वर्षसँगै पहिलो खुसी मिलेको बताउनुभएको छ ।

विश्वब्यापी रुपमा महामारीको रुपमा फैलिएको कोभिड १९ विरुद्धको खोप लगाउन पाएकोमा खुसी ब्यक्त गदै शूरुमा म्याक्सिन लगाउँदा त्यस्तो कुनै महसुस नभएको उहाँले बताउनुभयो ।

‘म्याक्सिन निकै छिटो लगाइने रहेछ, १५ मिनेट पछि अली हल्का महसुस भयो, दुखाई खासै महसुस गरिन’, एसी शेर्पाले भन्नुभयो । आफनो परिवारमा पत्नी डाक्टरर भएको कारण हेल्थ वर्करको परिवारको हिसावले चाँडै म्याक्सिन लगाउन पाएको एसीले बताउनुभयो । दुई दिन आराम गर्नुपर्ने भएकाले अहिले घरमै आराम गरेर बसीरहेको पनि एसीले बताउनुभयो ।

विदेशमा पढेलेखेका, शिक्षीत र पदमा भएकालाई भन्दा पनि हेल्थ वर्करलाई प्राथमिकतामा राखेर म्याक्सिन लगाइने गरिएको पनि एसीले बताउनुभयो । एसीका अनुसार अब अर्को म्याक्सिन चार हप्तापछि लगाइन्छ । यो म्याक्सिन लगाइसकेपछि रोग नलगाग्ने र ९५ प्रतिशत सुरक्षीत छ ।

सोलुखोम्बु जिल्ला टाप्टीङ नगरपालिका १० दुधकुण्डामा जन्मे पनि सानैदेखि अमेरिका बस्दै आउनुभएको शेर्पा गैर आवासीय नेपाली संघको समेत एक अभियन्ता हुनुहुन्छ । तन, मन र धन सबै कुरामा सफल शेर्पा गैर आवासीय नेपाली संघमा स्थापनाकालदेखि नै सक्रिय हुनुहुन्छ ।

शेर्पाले सन् २०१० मा पहिलो पटक गैर आवासीय नेपालीको तर्फबाट विश्वको सात हिमालको सफल आरोहणसँगै सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा पुगेर एनआरएनको झन्डा फरफराउनुभएको थियो । शेर्पाले चढेको दिन गनेर ४२ दिनमा सातै महादेशका अग्लो हिमालमा आरोहण सफल गरेर विश्व कीर्तिमान पनि राख्न सफल हुनुभएको थियो ।

संघको स्थापना सँगै सक्रियतापूर्वक एनआरएन अभियानमा लाग्नुभएको शेर्पाले एनआरएनका विभिन्न भुमिकामा रहेर काम गरिसक्नु भएको छ । शेर्पाले सन् (२०१५–२०१७ ) मा एनआरएन अमेरिकाज् क्षेत्रको क्षेत्रीय उपसंयोजक डिआरसी पदमा रही कुशलतापूर्वक जिम्मेवारी निर्वाह गर्नुभएको थियो । गत वर्ष सम्पन्न एनआरएनको महाधिवेशनमा सह(कोषाध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्नुभएको शेर्पाले आफनो उम्मेदवारी त्याग गर्नुभएको थियो । त्यसपछि एसी आइसिसी सल्लाहकारमा नियुक्त हुनुभएको थियो ।

नेपालको कुनै पनि प्राकृतिक विपत्तिमा एसीले महत्वपूर्ण सहयोग पुर्याउँदै आउनुभएको छ । नेपालमा भूकम्प जाँदादेखि नेपालमा भएको नाकाबन्दी हुँदै, तराईमा आएको बाढीलगायतका हरेक प्राकृतिक विपत्तिमा एसीको योगदान महत्वपूर्ण रहँदै आएको छ । एसीले सोलुखुम्बुका ११० घरलाई विजुलीको वन्दोवस्त गर्नुभएको छ । साथै नेपालका विभिन्न जिल्लामा हाईडोपावरदेखि लिएर शिक्षा, स्वास्थ्य, क्षेत्रमा शेर्पाको योगदान अतुलनीय छ ।

त्यस्तै, एसीले वर्तमान कोभिड -१९ महामारीमा गैर आवासीय नेपाली संघले खडा गरेको कोभिड १९ कोषमा ५ लाख आर्थिक सहयोग गर्नुभएको छ भने चितवनमा एनआरएनले सञ्चालन गर्न लागेको ब्लड बैंक बसमा पनि सहयोग गर्नुभएको छ । एनआरएनको हरेक क्षेत्रमा एसीको महत्वपूर्ण योगदान रहँदै आएको छ ।


प्रकाशित | १९ पुष २०७७, आईतवार ०८:३२