काठमाडौं उपत्यकामा १२७ सहित थप ५२५ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं – नेपालमा पछिल्लो २४ घन्टामा थप ५२५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या २४ हजार ९५७ जना पुगेको छ।

पछिल्लो २४ घण्टामा थप १०९ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसहित नेपालमा हालसम्म १६ हजार ८३७ उपचारपछि निको भएका छन्।

देशभर सक्रिय संक्रमितको संख्या ८ हजार २५ रहेको छ। पछिल्लो २४ घण्टामा ९ हजार ४५९ जनाको पीसीआर परीक्षण गरिएको छ।

त्यस्तै, काठमाडौं उपत्यकामा १२७ जनामा कोरोना संत्रमण देखिएको छ । प्रवक्ता गौतमका अनुसार काठमाडौंका १११ जना, भक्तपुरका ५ जना र ललितपुरका ११ जनामा कोरोना संक्रमण देखिएको हो ।

यस्तै एकै दिन थप ४ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिनुभयो । योसँगै नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या ९५ पुगेको छ ।


प्रकाशित | २९ श्रावण २०७७, बिहीबार १६:३६