प्रचण्डले भने- ओलीलाई तह लगाउन सकेनौं, यसमा हाम्रो पनि कमजोरी रह्यो

काठमाडौँ । नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड केपी शर्मा ओलीको गलत प्रवृत्तिलाई तह लगाउन नसकेको बताउनु भएको छ । आफ्नो समूहले काठमाडौंमा गरेको सभालाई सम्बोधन गर्दै प्रचण्डले वाम गठबन्धनको घोषणा अनुसार काम गर्न नसकेको स्वीकार गर्नु भयो । यद्यपि आफूहरुले घोषणापत्रमा भने जस्तो गर्न प्रयास भने गरेको दाबी गर्नु भयो ।

प्रधानमन्त्री पदका लागि जे पनि सहमति गर्ने तर कार्यान्वयन नगर्ने ओली प्रवृत्ति रहेको भन्दे उहाँले भन्नु भयो, ‘केपी ओलीलाई तह लगाउन सकेनौं । यसमा हाम्रो पनि कमजोरी रह्यो ।’
उहाँले आफूहरु राष्ट्रप्रति इमान्दार रहेको र अब पनि रहने दावी गर्नु भयो ।


प्रकाशित | ९ माघ २०७७, शुक्रबार १६:२७