नायिका तथा मोडल एलिजाले धादिङमा १० घर बनाउने !

काठमाडौँ। नायिका तथा मोडल एलिजा गौतमले एलिजा फाउन्डेशनको तर्फबाट देशका विभिन्न जिल्लाका विकट गाउँमा घर बनाउने बताउनु भएको छ ।
एलिजाका अनुसार, देशका विभिन्न जिल्लामा रहेका अती विकट गाउँमा पुगेर घर बनाउने अभियान चैत्र ११ गतेबाट सुरु हुनेछ ।

नेपाली चलचित्र ‘अनुराग’मा काम गरेर कला क्षेत्रमा प्रवेश गरेकी एलिजा अहिले म्यूजिक भिडियोमा व्यस्त रहनु भएको छ । एलिजाले यो अभियानमा आफूलाई विभिन्न क्षेत्रका मानिसहरुले पनि सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेको बताउनु भएको छ ।


प्रकाशित | ३ पुष २०७७, शुक्रबार १३:२२