संविधान बचाउन अब कांग्रेसले न्दोलनको नेतृत्व लिनुपर्छ : बाबुराम भट्टराई

काठमाडौँ । समाजवादी पार्टी नेपालका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले संविधानमाथि आएको संकटलाई बचाउन कांग्रेसले नै आन्दोलनको नेतृत्व लिनु पर्ने समय आएको बताउनु भएको छ ।

आन्दोलनमा जाने कि निर्वाचनमा भनेर कांग्रेस अलमलमा रहेको भन्दै उहाँले देशको नेतृत्व गर्न निर्वाचन नै कुर्न नपर्ने बताउनु भयो । संसद पुनःस्थापना भए कांग्रेसले नै नेतृत्वको अवसर पाउन सक्ने उहाँको भनाइ थियो ।

सोमबार गणेशमान सिंह तथा शहीद स्मृती शान्ति प्रतिष्ठानले राजधानीमा गरेको अन्तक्रियामा डा. भट्टराईले अदालतबाट प्रतिनिधि सभा पुनर्स्थापना नभए र बाहिरी हस्तक्षेप बढ्दै गए चुप लागेर नबस्ने चेतावनी दिनु भयो ।

उहाँले प्रधानमन्त्री केपी शर्मा ओली वामपन्थीको खोल ओढेर चरम सामन्तवादतर्फ अग्रसर भएको आरोप लगाउनु भयो ।


प्रकाशित | ५ माघ २०७७, सोमबार १५:५९