राष्ट्रपतिसँग परामर्शका लागि प्रधानमन्त्री ओली शीतल निवासमा

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओली दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने चर्चा चलिरहेका बेला राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितलनिवास पुग्नुभएको छ । बिहीबार मात्रै सरकारको सिफारिसमा राष्ट्रपतिले संसदको चालु अधिवेशन अन्त्य गर्नुभएको थियो । पार्टीकै शीर्षस्थ नेताहरूले सामूहिक रूपमा दुवै पदबाट राजीनामा दिन दबाब दिइरहेका छन् ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रधानमन्त्री ओली नियमित भेटघाट र परामर्शका लागि शीतल निवास जानुभएको हो । भेटघाटमा समसामयिक राजनीतिक विषयमा समेत परामर्श हुने बताइएको छ । यथपी प्रधानमन्त्रीको यो भेटलाई अर्थपूर्ण रुपमा लिइएको छ ।


प्रकाशित | २० असार २०७७, शनिबार १८:४३