नेपालमा सङ्घीयताको कार्यान्वयन संसारकै नमूना : मन्त्री पण्डित

काठमाडौं : सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले नेपालमा सङ्घीयताको कार्यान्वयन संसारकै नमूना भएको बताउनुभएको छ । नूनको निर्माण र सङ्गठन संरचनाको व्यवस्थापन जस्तो जटिल कामलाई समयमा नै व्यवस्थापन गर्न सकेकाले नेपालमा सङघीयताको कार्यान्वयन सफल भएको उहाँको दाबी थियो ।

बागलुङमा पुग्नुभएको मन्त्री पण्डितले सञ्चारकर्र्मीसँग कुराकानी गर्दै मौसम परिवर्तनका बेला आउने समस्या जस्तै व्यवस्था परिवर्तनका समयमा आएका केही समस्याबाहेक सङ्घीयताको कार्यान्वयनका लागि गरिएका सबै प्रयास सफल भएको दाबी गर्नुभयो । अहिले प्रशासनिक क्षेत्रमा देखिएका समस्याको समाधानका लागि निजामती ऐन ल्याउन लागिएको उहाँको भनाइ थियो । “एक साता भित्रमै निजामती विधेयक संसद्मा पेश हुने र पारित भए लगत्तै प्रदेश तहमा सोही ऐन बनाएर प्रशानिक क्षेत्रमा रहेको समस्याको समाधान खोजीनेछ”, उहाँले भन्नुभयो ।


प्रकाशित | ३२ श्रावण २०७६, शनिबार १०:५४