जापानसँग स्पेनको हार, जर्मनी घर फर्कियो

एजेन्सी -फिफा विश्वकप कतार २०२२ अन्तर्गत समूह ई को अन्तिम खेलमा जापानले स्पेनलाई २-१ ले पराजित गरेको छ ।

जापानले स्पेनलाई २-१ ले पराजित गर्दै समूहको शीर्षस्थानमा रहेर अन्तिम १६ को यात्रा तय गर्यो । स्पेन पराजित भएपनि जर्मनीसँग गोलअन्तरमा अघि रहँदा नकआउट चरणमा पुग्न सफल भयो ।

जापान ६ अंकसहित समूहको शीर्षस्थानमा रहेर नकआउट चरण प्रवेश गरेको छ । स्पेन ४ अंक जोड्दै समूहको दोस्रो स्थानमा रहेर अन्तिम १६ मा स्थान बनाउन सफल रहयो । जर्मनी ४ अंक जोडेपनि गोल अन्तरमा स्पेनभन्दा पछि रहयो ।

जापानले पहिलो खेलमा जर्मनीलाई २-१ ले नै हराएको थियो । स्पेनको खेलजस्तै जापान जर्मनीविरुद्ध पहिलो हाफमा १-० ले पछि परेर दबाबमा रहेको थियो । तर दुवै खेलमा जापानले दोस्रो हाफमा सानदार पुनरागमन गर्यो ।


प्रकाशित | १६ मंसिर २०७९, शुक्रबार १०:१७