गरिबी निवारण कोषका उपाध्यक्ष निर्मल भट्टराई सम्मानित

काठमाडौं: गरिबी निवारण कोषका उपाध्यक्ष निर्मल भट्टराई सम्मानित हुनुभएको छ । प्रदेश २ को लोपोन्मुख र अल्पसंख्यक जातिले बाराको कलैयामा आयोजना गरेको एक समारोहकोबीच सम्मानित हुनुभएको हो । नेपाल कुसवडिया संघको आयोजनामा सम्पन्न सो कार्यक्रममा राउटे तथा लोपोन्मुख जाति उत्थान प्रतिष्ठानका अध्यक्ष सत्यदेवि खड्कालाई पनि सम्मान गरिएको थियो । प्रदेश नं २ का लोपोन्मूख जातिहरुको सूचिकरण र नेपाल सरकारको सामाजिक सुरक्षा कार्यक्रममा उनीहरुलाई समावेश गराउन सहजीकरण गरिदिए वापत सो सम्मान गरिएको हो ।

सो समारोहमा बोल्दै पूर्व मन्त्री तथा नेकपा नेता पुरुषोत्तम पौडेलले कम्युनिष्टहरु आफ्नो वर्गको हितमा अविचलित भएर लाग्नु पर्ने बताउनुभयो । नेकपाको सरकार गरिब र पिछडिएको वर्गको वृहत्तर हितमा काम गर्नु पर्ने उहाँँले धारण राख्नुभयो । सम्मानित भट्टराईले पाँच वर्षसम्म कसैले हल्लाउन नसक्ने वर्तमान के पी ओलीको सरकारले चाडै देशको आर्थिक र सामाजिक क्षेत्रमा कायापलट गर्ने बताउनुभयो ।

कार्यक्रममा सम्मानित सत्यदेवी खड्का , संविधानसभा सदस्य रंजना सरकार कलैया उपमहानगरपालिकाका कार्यकारी अधिकृत हरिनारायण वेलवासे, नेपाल कुसबडिया संघका अध्यक्ष राजु कुसवडियाले आ(आफ्नो मन्तव्य राख्नुभएको थियो ।


प्रकाशित | २५ जेष्ठ २०७६, शनिबार १९:२४