समयमै काम नसक्ने ७ निर्माण कम्पनी कालोसूचीमा

काठमाडौँ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयअन्तर्गत रहेको सार्वजनिक खरिद अनुगमन कार्यालय ताहाचल काठमाडौंले समयमै काम नसक्ने ७ निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ ।

कार्यालयले आजदेखि लागू हुने गरी निर्माण व्यवसायीरआपूर्तिकर्तालाई कालो सूचीमा राख्ने निर्णय बुधबार गरेको थियो । कालो सूचीमा राखेको अवधिभर निर्माण कम्पनीले सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन नसक्ने पनि कार्यालयले जनाएको छ।

 


प्रकाशित | ६ माघ २०७८, बिहीबार १२:५१