एनआरएनए कतारद्धारा सत्रौं चरणमा ५४७ जनालाई राहत बितरण

कतार : गैर आवासीय नेपाली संघ (एनआरएनए) कतारले सत्रौं चरणको राहत वितरण कार्यक्रम सम्पन्न गरेको छ । कोभिड १९ अर्थात कोरोनाका कारण समस्यामा परेका नेपालीलाई एनआरएनए कतारले शूरुवाती चरणदेखि नै राहत वितरण गर्दै आएको छ ।

मोहम्मद मुक्तदा को फोटो।

एनआरएनए कतारका अध्यक्ष मोहम्मद मुक्तदा मुसलमानका अनुसार एनआरएनएद्धारा गठित उद्दार तथा राहत बितरण समितीले सत्रौं चरणमा विभिन्न ठाउँमा रहेका ५४७ जनालाई राहत वितरण गरेको हो ।

मोहम्मद मुक्तदा को फोटो।

कतार सरकारले आफ़्नो नागरिक र आप्रवासी नागरिक सबैका लागि समान ब्यवहार गर्दै उच्च स्वास्थ्य सतर्कता तथा रोकथामको लागि विभिन्न सावधानीहरू अपनाएको अध्यक्ष मुसलमानले जानकारी गराउनुभयो ।

मोहम्मद मुक्तदा को फोटो।

प्रकाशित | ३१ जेष्ठ २०७७, शनिबार २०:०३