संसद विघटनविरुद्ध कांग्रेसको देशभर प्रदर्शन

काठमाडौँ । संसद विघटनको विरोधमा नेपाली कांग्रेसले देशभर प्रदर्शन गरेको छ । संसद विघटनलाई असंवैधानिक भनेको उसले देशभरका ३३० वटा निर्वाचन क्षेत्रमा विरोध कार्यक्रम गरेको हो ।
विरोध प्रदर्शनपछि आयोजित सभालाई सम्बोधन गर्दै नेताहरुले संसद विघटन असंवैधानिक भएको बताएका छन् । काठमाडौं क्षेत्र नम्बर ५ को बूढानीलकण्ठमा आयोजित सभामा सभापति शेरबहादुर देउवा आफैं सहभागी हुनु भएको छ ।


प्रकाशित | २५ पुष २०७७, शनिबार १५:११