नेकपा एकताका लागि जुलुस प्रदर्शन गर्न वामदेवको अपिल

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले पार्टी एकताका लागि अपिल गर्नु भएको छ । उहाँले आज एक अपिल जारी गर्दै पार्टीमा उत्पन्न अन्तरविरोधहरुको समाधान गर्न नसक्नाका कारण विभाजन उन्मुख हुनु पार्टीका शीर्षस्थ नेताहरुको अयोग्यता रहेको टिप्पणी गर्नु भएको हो ।
पार्टीभित्र उत्पन्न हुने समस्या पार्टीभित्रै समाधान गर्न नसकेर सिंगो राष्ट्रलाई प्रभावित गर्ने संस्था प्रतिनिधिसभालाई दुरुपयोग गर्नेसम्मका घटना घट्नु राष्ट्रकै निम्ति अत्यन्तै पीडादायी अवस्था भएको उहाँले अपिलमा भन्नु भएको छ । प्रधानमन्त्रीविरुद्ध प्रतिनिधिसभामा अविश्वासको प्रस्ताव दर्ता गराउनु र त्यसको सामना गर्ने वा नसक्ने भए राजीनामा दिनुको बदला प्रतिनिधिसभा भंग गर्नेसम्मका दुर्घटना अहिले पार्टीले बेर्होन परेको उहाँले बताउनु भएको छ ।


प्रकाशित | २५ पुष २०७७, शनिबार १२:४५